प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०७९
तनहुँ: सवारी दुर्घटना
२०७९-०३-३२

तनहुँ ब्यास नगरपालिका ११ फराकचौर स्थित घासीकुवा- फराकचौर भित्री सडक खण्डमा घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क ३६८३ नं.को माया युनिभर्सल एकेडेमी बोर्डीङ स्कुल दमौलीको बस र फराकचौरबाट घाँसीकुवातर्फ आउदै गरेको ग १५ प ६५०४ नं.को मो.सा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिहरु घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौलीतर्फ पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, बस घटनास्थलमा नै रहेको, मो.सा.र बस चालक प्रहरीको नियन्त्रणमा ।निम्न घाइते :-१.मो.सा. चालक जिल्ला तनहुँ ब्यास नगरपालिका ११ बस्ने बर्ष २२ को सुजन सुनार, अवस्था सामान्य ।२.मो.सा.पछाडी सवार ऐ.बस्ने बर्ष २३ को बिक्रम सुनार, अबस्था गम्भिर रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

शोक सलामी अर्पण
२०७९-०३-३१

मिति २०७८।०६।१७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्याबधीको “प्रहरी जवान आधारभुत तालीम ७-०३ औं समुह” मा सहभागी प्रशिक्षार्थी प्रहरी जवान पवित्रा थापाको नियमित शारीरीक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना गरिएकोमा यही असार ३० गते मृत घोषणा भएको । मृतकको पार्थिव शरिरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । सोही क्रममा निजको अन्तिम संस्कार स्थलमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो । प्रशिक्षार्थी प्रहरी प्रहरी जवान पवित्रा थापाको मृत आत्माको चिर शान्ति कामना तथा हार्दिक श्रद्धाञ्जली ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण तथा निर्देशन सम्पन्न ।
२०७९-०३-२८

पोखरा, असार २८गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ ।निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।  

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण ।
२०७९-०३-२३

पोखरा, असार-२३ गतेनेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।०३।१९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भई आउनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो । कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिनुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कास्की: जिप दुर्घटना हुँदा १० जना घाईते
२०७९-०३-०९

पोखरा म.न.पा. २५ हेम्जा भोटे क्याम्प स्थित ग. १ ज ६०७० नं. को जिप आफै अनियन्त्रित भई दुर्घटना निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।फिष्टेल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:१.जिप चालक जिल्ला बाके जानकी गा.पा.१ घर भएको वर्ष ३४ को लाल ब. थापा, अवस्था मध्यम ।२.जि.बाग्लुङ बा.न.पा. २ बस्ने वर्ष ३४ को गुमा देवी निउरे, अवस्था मध्यम ।३.ऐ.बस्ने वर्ष ४८ को हरी प्रसाद निउरे, अवस्था सामान्य ।४.ऐ.३ बस्ने वर्ष २९ की सिता किसान, अवस्था मध्यम ।५.ऐ. बस्ने वर्ष ४४ को शंकर किसान, अवस्था सामान्य ।६.ऐ.२ बस्ने वर्ष ३६ की टिका कुमारी खड्का, अवस्था मध्यम ।७.ऐ.३ बस्ने वर्ष ४६ को बद्री ब. के.सी., अवस्था मध्यम ।मणिपाल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:१.जि.बाग्लुङ बा.न.पा. ४ बस्ने वर्ष ४० की पातली नेपाली, अवस्था सामान्य ।२.जि.पर्वत फलेवास न.पा. ४ बस्ने वर्ष २२ की सृजना किसान, अवस्था सामान्य । ३.सृजना किसानकी छोरा ९ महिनाको अमृत किसान, अवस्था सामान्य ।

खोचबाट उद्दार तथा प्राथमिक उपचार नमुना अभ्यास सम्पन्न ।
२०७९-०३-०७

असार-०७, पोखरा कास्कीगण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा केही विशेष काम र आत्महत्याको शिलशिलामा खोच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धी सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरीएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउँदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण हरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो । वर्षाको समयमा बढी पहिरो लगायत अन्य प्रकारका विपद्‍मा त्यस्ता ठाँउमा जान अझ बढी खतरा हुन्छ । आम नागरिकहरूले विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विवाहको लागि घर परिवारले सहमति नदिए पछि भिरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमि जोडीको उद्दार गरी अस्पताल पठाईएको कथा वस्तुलाई नाटकिय रुपमा प्रस्तुत गरीएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<